नेदरल्याण्डस महिला विश्वकप फुटबलको क्वार्टरफाइन प्रवेश

लण्डन । नेदरल्याण्डस ९औँ महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्याण्डसले आइतबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अफ्रिकालाई २—० गोलले पराजित गर्‍यो ।

नेदरल्याण्डसले खेलको दुबै हाफमा एक—एक गोल गरेको थियो । खेल सुरु भएको नवौँ मिनेटमै डच टोलीका लागि जिल रुर्डले पहिलो गोल गरेकी थिइन् । खेलको ६८औँ मिनेटमा लिनेथ बिरेस्टिनले अर्को गोल थप्दै नेदरल्याण्डसलाई सजिलै अन्तिम आठमा पुर्‍याइन् ।

नेदरल्याण्डस महिला विश्वकपको साविक उपविजेता राष्ट्र हो । नेदरल्याण्डस सन् २०१९ मा भएको आठौँ महिला विश्वकपको फाइनलमा अमेरिकासँग २—० गोलले पराजित भएको थियो । महिला विश्वकपको नवौँ संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।

हालसम्म जारी महिला विश्वकपको क्वार्टरफाइनलमा पुग्ने तीनवटा टोलीको टुङ्गो लागिसकेको छ । नेदरल्याण्डसका अतिरिक्त स्पेन र जापान पनि अन्तिम आठमा पुगिसकेका छन् ।

प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २—० र जापानले नर्वेलाई ३—१ गोलले हराएका हुन् ।

Published : Sunday, 2023 August 6, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया