कराँतेका खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा पठाउने
काठमाडौं । नेपाल कराँते महासंघको १९औं एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेका कराँते खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने निर्णय गरेको छ ।
राजधानीमा मंगलबार बसेको सचिवालय बैठकले एसियाली खेलकुदको तयारीका लागि राष्ट्रिय कराँते टोलीका खेलाडीलाई युरोपका विभिन्न राष्ट्रमा प्रशिक्षण गराउने निर्णय गरेको छ ।
बैठकले कुमितेतर्फका खेलाडीलाई युरोपको फ्रान्स, जर्मनी र स्विट्जरल्यान्ड तथा इन्डोनेसियामा वैदेशिक प्रशिक्षण गराउने निर्णय गरेको छ ।
बैठकले कातातर्फका खेलाडीलाई जापान र इन्डोनेसियामा वैदेशिक प्रशिक्षण गराउने निर्णय गरेको छ ।
भारतको नयाँ दिल्लीमा आयोजना हुने कराँते प्रतियोगितामा नेपालको राष्ट्रिय ‘बी’ टोलीलाई सहभागी गराउने निर्णय पनि गरेको छ ।
नेपाल कराँते महासंघको केन्द्रीय कार्यालय त्रिपुरेश्वरबाट सातदोबाटोस्थित कराँते एकेडेमीमा सार्ने निर्णय पनि गरेको छ । एसियाली खेलकुदको १९औं संस्करण चीनको हाङ्झोउमा आयोजना हुँदैछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया