कराँतेका खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा पठाउने

काठमाडौं । नेपाल कराँते महासंघको १९औं एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेका कराँते खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने निर्णय गरेको छ ।

राजधानीमा मंगलबार बसेको सचिवालय बैठकले एसियाली खेलकुदको तयारीका लागि राष्ट्रिय कराँते टोलीका खेलाडीलाई युरोपका विभिन्न राष्ट्रमा प्रशिक्षण गराउने निर्णय गरेको छ ।

बैठकले कुमितेतर्फका खेलाडीलाई युरोपको फ्रान्स, जर्मनी र स्विट्जरल्यान्ड तथा इन्डोनेसियामा वैदेशिक प्रशिक्षण गराउने निर्णय गरेको छ ।

बैठकले कातातर्फका खेलाडीलाई जापान र इन्डोनेसियामा वैदेशिक प्रशिक्षण गराउने निर्णय गरेको छ ।

भारतको नयाँ दिल्लीमा आयोजना हुने कराँते प्रतियोगितामा नेपालको राष्ट्रिय ‘बी’ टोलीलाई सहभागी गराउने निर्णय पनि गरेको छ ।

नेपाल कराँते महासंघको केन्द्रीय कार्यालय त्रिपुरेश्वरबाट सातदोबाटोस्थित कराँते एकेडेमीमा सार्ने निर्णय पनि गरेको छ । एसियाली खेलकुदको १९औं संस्करण चीनको हाङ्झोउमा आयोजना हुँदैछ ।

Published : Tuesday, 2023 August 1, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया