ललितपुरमा राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने

काठमाडौं । लौह पुरुष सर्वमान्य नेता गणेशमान सिंहको सम्झनामा ललितपुर जिल्ला खेलकुद विकास समिति तथा किक बक्सिङ संघले राष्ट्रिय किक बक्सिङ प्रतियोगिता गर्न लागेको छ ।

गोदावरी नगरपालिकाको चापागाउँस्थित प्याङगाउँ खेल मैदानमा भदौ महिनामा पाँचौँ प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता ७, ८ र ९ गते संचालन हुनेछ ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, कराते संघ, तेक्वान्दो संघ, उसु संघ, बक्सिङ संघ, फुलकन्ट्याक्ट कराते, आइटिएफ, किक बक्सिङसंग रेज क्लबले सहाभागिता जनाउने छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा किक बकिङ राष्ट्रिय च्याम्पियन विनोद महर्जनले प्रतियोगिताका लागि तयारी शुरु भएको बताएका छन् ।

भदौमा हुन लागेको राष्ट्रिय प्रतियोगितामा प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीलाई ३० हजार प्रदान गरिनेछ ।

दोस्रो हुने खेलाडीलाई १५ हजार र तेस्रो हुने खेलाडी २ जनालाई ८/८ हजार प्रदान गरिनेछ ।

प्रथम टीम च्याम्पियन हुनेलाई १ लाख, दोस्रो टीम च्याम्पियन हुनेलाई ५० हजार र तेस्रो हुने टीम च्याम्पियनलाई हुनेलाई २५ हजार पुरुस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही २५÷२५ हजार प्रदान गरिने अध्यक्ष महर्जनले बताए ।

उपत्यका बाहिरका खेलाडीहरुलाई खान र बसोबासको ब्यबस्था गरिएको छ । प्रतियोगितामा देशभरिका खेलाडी सहभागी रहनेछन् ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगितामा किक बक्सिङ संघ संरक्षक राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष खेलकुद जगतका हस्ती बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनको विशेष भूमिका रहने अध्यक्ष महर्जनले बताएका छन् ।

यो राष्ट्रिय प्रतियोगिताको जन्मदाता नेपाली कांग्रेसका नेता समेत रहेका प्रदेश सभा सदस्य महर्जन हुन् । उनी खेलकुद क्षेत्रमा सक्रिय रहने कांग्रेसका थोरै नेतामध्यमा पर्छन् ।

Published : Tuesday, 2023 July 25, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया