बक्सिङ संघको अध्यक्षमा राम चयन

काठमाडौं । नेपाल बक्सिङ संघको छैटौँ साधारणसभाबाट राम अवाले अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता अवाले पोखरामा बुधबार भएको निर्वाचन प्रक्रियाअन्तर्गत निर्विरोध चयन भएका हुन् ।

अध्यक्षसँगै २० सदस्यीय केन्द्रीय कार्यसमिति पनि सर्वसम्मत चयन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी, उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरी चयन भएका छन् ।

महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुष्करराज पन्त तथा कोषाध्यक्षमा गौतम सुजखु निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरूमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङतान, रेखा थापामगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चुनिएका छन् ।

Published : Friday, 2023 July 21, 12:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया