जातीय कुरा गर्दा पीएसजीका म्यानेजरका बाबु-छोरा पक्राउ

लण्डन । फ्रान्सेलको फुटबल क्लब पीएसजीका म्यानेजर क्रिस्टोफ गाल्टियर र उनका छोरा जोन भालोभिक पक्राउ परेका छन् ।

उनीहरूलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । फ्रान्सको अर्को क्लब निसको प्रशिक्षक रहँदा रंगभेदी टिप्पणी र भेदभाव गरेको आरोपमा उनीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरूले अप्रिलमा रंगभेदको टिप्पणी गरेको आरोप छ ।

शुक्रबार ५६ वर्षीय प्रशिक्षकलाई प्रहरीले पक्राउ गरी आवश्यक सोधपुछ गरेको रोयटर्सले जनाएको छ ।

गाल्टिएरले निसको टोलीमा काला र मुस्लिम खेलाडी धेरै भएको टिप्पणी गरेका थिए । उनले आफ्नो अभिव्यक्तिको खण्डन गर्दै आएका छन् । उनी डिसेम्बर १५ मा निसको अदालतमा उपस्थित हुनुपर्नेछ ।

Published : Saturday, 2023 July 1, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया