मुलुकले नयाँ सहमति र समीकरण खोज्यो

यो मेरो नितान्त निजी धारणा र दृष्टीकोण हो । बिगत एक महिनादेखि भएका राजनीतिक, सामाजिक र धार्मिक क्षेत्रमा भएको उच्चस्तरीय अनौपचारिक भेटघाट र संबादबाट आफ्नै अनुमान, बुझाइ र विश्लेषण नवीन रुपमा प्रस्तुत भएको छ । देशले नयाँ सहमति र समीकरण खोजेको देखिन्छ ।

के नेपाल नयाँ राजनीति दुर्घटनाको संघारमा उभिएको हो ? देशले नयाँ राजनीतिक समीकरण त खोजिरहेको छैन ?समाजवादी केन्द्र राजनीतिक दुर्घटनाको प्रस्थान विन्दु त हुँदैन ? सामाजिक सञ्जाल अनि न्यूज वेबहरूमा उर्लिएका नयाँ आवाजहरूका कारण पुराना राजनीतिक दल र नेताहरूलाई असान्दर्भिकतातर्फ धकेल्न खोजिएको त होइन ? प्रश्न उठेको छ ।

के नेपाल नयाँ राजनीतिक कोर्षमा जान लागेको त होइन ? वर्तमान संसदबाट तत्कालै नयाँ नयाँ समीकरण र ध्रुवीकरण मुलुकले मागिरहेको त होइन ? नागरिकको चाहना , आकांक्षा र आवश्यकता परिपूर्ति हुन नसक्दा देशभारि संकटमा पर्नजाने त होइन ?
सुशासन र वित्तीय सुधार अनि परिवर्तन हुन ढिलो गर्दा देशले कोल्टे फेर्ने त होइन ? देशमा ठूला र पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र लगायतका दलहरू जसले मुलुकमा आन्दोलन र परिवर्तन ल्याए उनीहरू यति छिट्टै रक्षात्मक पङ्तीमा पुग्नुपर्ने अवस्था हो र ?

अब पनि नागरिकको जीवनस्तरमा सकारात्मक र रचनात्मक सुधार र परिवर्तन गर्न सकिएन भने राजनीतिक परिवर्तनका स्वतन्त्रताहरूले मात्र जनतालाई थेग्न गाह्रो हुनेछ । यदि देशले नयाँ सहमति र समीकरण खोजेको हो भने संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरू तत्कालै एक ठाउँमा उभिनु आवश्य देखिन्छ ।

Published : Sunday, 2023 June 18, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया