पूर्वगृहमन्त्री खाणले नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोले
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूविरुद्ध तथ्यहीन समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शनिबार खाणले विज्ञप्ति जारी गरेर व्यक्तिगत चरित्रहत्या हुने खालका समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका छन् ।
खाणले भनेका छन्, ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारेमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेशित नगरीदिनु हुन अनुरोध छ’, पूर्वगृहमन्त्री खाणले भनेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणको नाम जोडेर समाचार आएपछि खण्डन गरिएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया