शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको गम्भीर अपराध हो : राजकिशोर यादव
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता तथा प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको गम्भीर अपराध भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यादवले दोषी जोसुकै भएपनि उनीहरूलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
‘नेपाली समाजमा भ्रष्टाचार एउटा अंग भनेर बसेको जस्तो छ’, उनले भने, ‘कसरी यसलाई निर्मुलीकरण गर्ने भन्नेबारे ठोस पहलकदमी नभएको कारण नेपाली समाजमा राजनीतिक नेतृत्वप्रति आक्रोश छ ।’
भ्रष्टाचारले गर्दा व्यवस्था नै खतरामा पर्छ कि भन्ने चिन्ता लागेको पूर्वमन्त्री यादवले बताएका छन् ।
नेता यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राष्ट्रघातको संज्ञा दिएका छन् ।
‘यो एकप्रकारको राष्टघात र दशेद्रोह हो । यो राज्यसत्ताको विश्वसनीयतामाथिको प्रश्न हो’, उनले भने, ‘नेपाली समाजमा कानूनी राज्य, विधिको शासन लागु गर्ने जिम्मा लिएर बसेका नेतृत्वहरू नै यो प्रकरणमा संलग्न भएपछि नेपाली राज्यसत्तालाई कुन दृष्टिले हेर्ने भन्ने कुरा छ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया