सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेर डा.रिजाललाई उद्दार गरिदिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.मीनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
शुक्रबार सभापति देउवाले डा.रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । १४औँ महाधिवेशनमा उप–सभापति पदमा उम्मेदवार बनेका डा.रिजाल पराजित भएका थिए ।
नेता शेखर कोइराला निकट मानिने डा.रिजाललाई सभापति देउवाले केन्द्रीय सदस्य बनाएर उद्धार गरिदिएका छन् ।
डा.रिजालको अहँकारी स्वभावका कारण प्रतिनिधि सभाको निर्वाचनका बेला टिकट पाएका थिएनन् । उप–सभापति पदमा पराजित भएपछि केन्द्रीय सदस्यमा पनि मनोनयन भएको थिए ।
पछिल्लो समय निकै तनाबपूर्ण अवस्थामा रहेका डा.रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेर सभापति देउवाले केही सहजता बनाइदिएका छन् ।

Published : Friday, 2023 May 5, 7:18 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया