एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको जित, एसिया कप खेल्ने

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ ।

मंगलबार कीर्तिपुरमा भएको फाइनल खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।

युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्‍यो । नेपालका लागि गुल्सन झाले ८४ बलमा ६७ रन बनाए । भीम सार्कीले ७२ बलमा ३६ रन बनाए ।

फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती दिएको थियो । युएईले ३३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटिएको थियो ।

सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै एक सय छ रन बनाएको थियो ।

युएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिएका थिए ।

करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिएका थिए ।

युएईलाई पराजित गरेरसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने लक्ष्य पूरा गरेको छ । खेल वर्षाका कारणले रोकिएपछि मंगलबार पुरानै ओभरबाट खेल सुरु भएको हो ।

यूएईलाई पराजित गरेर एसीसी प्रिमियर कप क्रिकेट जित्दै नेपालले अब एसिया कप खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

एसिया कपमा छनोट भएको भने यो दोस्रो पटक हो । २००२ मा पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो । सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो ।

एसीसी ट्रफीको फाइनलमा पुगेका दुई टोली यूएई र नेपाल एसिया कपका लागि छनोट भएका थिए । नेपालले मलेसिया र यूएईले हङकङलाई सेमिफाइनलमा पराजित गरेका थिए ।

राजु खड्काको कप्तानीमा नेपालले सिंगापुरमा उत्कृष्ट खेल खेल्दै समूहचरणमा ओमान, कतार, कुवेतलाई पराजित गरेको थियो । यूएईसँग पराजित भए पनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले मलेसियामाथि उत्कृष्ट पुनरागमन गर्दै २५ रनको विजय हात पारेको थियो ।

Published : Tuesday, 2023 May 2, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया