एमालेका नेता घिमिरेद्वारा जमलको होटेलमा विष सेवन
काठमाडौं । एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे अर्धचेत अवस्थामा भेटिएका छन् ।
घिमिरे काठमाडौंको जमलमा रहेको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताएका छन् ।
नुवाकोटको विदुर–११ घर भएका घिमिरे बेपत्ता भएको भन्दै परिवारका सदस्यले आइतबार खोजतलासका लागि काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए ।
उनी पछिल्लो समय तारकेश्वर नगरपालिका–९, डाँडागाउँ बस्दै आएका थिए ।
घिमिरे शनिबारदेखि कैलाश होटलमा बस्दै आएका थिए । उनले विष सेवन गर्नुको कारण खुलेको छैन । घिमिरेको कोठाबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको छ ।
Published : Tuesday, 2023 May 2, 12:36 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया