कांग्रेसको प्रतिष्ठानमा आचार्य नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा सुरेस आचार्य नियुक्त भएका छन् ।

कांग्रेसका उप–सभापति समेत रहेका प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काले आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

आचार्यले नेपाली कांग्रेसका विभिन्न समितिहरूमा रहेर कार्य गरिसकेका छन् । कार्यकारी निर्देशकमा नियुक्त भएका आचार्य सिन्धुली जिल्ला निवासी हुन् ।

Published : Monday, 2023 May 1, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया