नौबीसे–मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गको नौबीसे–मुग्लिङखण्डको गणेशखोलाको पुल भासिँदा सवारी आवागमन प्रभावित बनेको छ ।

पुल भासिँदा यातायात अवरुद्ध भएको छ । धादिङको थाक्रे गाउँपालिका र धुनिवेंसी नगरपालिका जोड्ने गणेशखोलाको पुल भासिँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यातायात पुनः सञ्चालन हुन केही समय लाग्ने ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ । पुल र बाटोको मर्मत गर्ने काम भइरहेको छ ।

Published : Monday, 2023 May 1, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया