बचतकर्ताले धमाधम पैसा झिकेपछि अमेरिकाको अर्को बैंक पनि टाट पल्टियो

न्युयोर्क । अमेरिकाको फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको छ । अमेरिकामा टाट पल्टिने फर्स्ट रिपब्लिकन बैक तेस्रो बैंक हो ।

दुई महिनाभित्र अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्युरेन्स कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले संकटग्रस्त फस्ट रिपब्लिकन बैंकलाई स्वामित्व ग्रहण गरेको छ ।

जेपी मोर्गन फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र र ९२ अर्ब अमेरिकी डलरको बचतको टेकओभर गरेको छ ।

मार्च महिनामै बचतकर्ताहरूले सन फ्रान्सिस्कोमा मुख्यालय रहेको बैंकबाट १ खर्ब अमेरिकी डलर निकालेपछि त्यसको शेयर मूल्य ७५ प्रतिशतले घटेको थियो ।

मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएको थियो । फर्स्ट रिपब्लिकन टाट पल्टिएपछि अमेरिकाको फेरेडल रिजर्भले अमेरिकाको बैंकिङ प्रणाली निकै मजबुत र उत्थानशील रहेको पुनः दावी गरेको छ ।

बचतकर्ताहरूले रकम झिक्न थालेपछि रिजर्भले वित्तीय बजारलाई स्थायित्व दिन आपत्कालीन कदम चालेको छ ।

मार्चमा अमेरिकामा ठूला बैंकहरूको समूहले फर्स्ट रिपब्लिकन बैंकलाई स्थायित्व दिनका लागि ३० अर्ब अमेरिकी डलर उपलब्ध गराएका थिए । रिपब्लिकन बैंक सन् १९८५ मा स्थापना भएको मध्यमस्तरको बैंक थियो ।

Published : Monday, 2023 May 1, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया