एआईजी ज्ञवालीद्वारा काठमाडौं प्रहरीको निरीक्षण, कार्कीद्वारा स्वागत

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जिल्ला प्रहरी परिसर, काठमाडौंको निरीक्षण तथा अवलोकन गरेका छन् ।

आइतबार एआईजी ज्ञवालीले जिल्ला प्रहरी परिसर काठमाडौंको सम्पूर्ण शाखा, हिरासत कक्ष, व्यारेक लगायतको निरीक्षण गरेका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी तथा मातहत प्रहरी वृत्त/प्रभाग प्रमुखहरूलाई एआईजी ज्ञवालीले आवश्यक नीति निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ ।

एआईजी ज्ञवालीले शान्ति सुरक्षा बनाइराख्न र अपराधका घटनाहरूको सुक्ष्म रुपबाट निगरानी गर्न आदेश दिएका छन् । सेवाग्राहीलाई कुनै कुष्ट नदिएर सेवा दिन उनले निर्देशन दिएका छन् ।

एआईजी ज्ञवालीलाई जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले स्वागत गरेका थिए ।

एआईजी ज्ञवालीसँगै निरीक्षण अवलोकन भ्रमणका लागि एसएसपी ओम राना, एसपी दयानिधि ज्ञवालीसहितका प्रहरी अधिकारीहरू पनि गएका थिए ।

एआईजी ज्ञवालीले काठमाडौं प्रहरीबाट हुने कार्यसम्पादन तथा हिरासत कक्ष लगायत सबैको अवलोकन र निरीक्षण गरेका थिए ।

Published : Sunday, 2023 April 30, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया