एसपी तिमिल्सिनाले राजीनामा दिए

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) आभूषण तिमिल्सिनाले राजीनामा दिएका छन् ।

एसपी पदबाट उनले आइतबार राजीनामा दिने घोषणा गरेका हुन् । तिमिल्सिनाले एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।

२५ वर्षे सेवा पूरा हुन ४९ दिन बाँकी छँदा तिमिल्सिनाले राजीनामा दिएका छन् । उनी २०५६ साल असार ३ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

वैशाख १५ गते १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्दा एसपी तिमिल्सिना छुटेका छन् ।

Published : Sunday, 2023 April 30, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया