वीर अस्पतालकी स्टाप नर्स बोहराटारमा मृत भेटिइन्

काठमाडौं । वीर अस्पतालकी स्टाप नर्स अनुमा श्रेष्ठ झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।

काठमाडौंको बोहराटारमा स्टाफ नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता तथा एसपी सीताराम रिजालले बताएका छन् ।

स्टाप नर्स श्रेष्ठ काठमाडौं महानगरपालिका–१६ बोहराटारस्थित सुजन ढकालको घरमा मृत भेटिएकी थिइन् । सुजन ढकाल अस्पतालमा कार्यरत डाक्टर हुन् ।

३४ वर्षीया श्रेष्ठ मृत फेला परेको सूचना पाउनेवित्तिकै प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो । शनिवार अपराह्न ३:५२ बजे श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

नारायणगढमा रहेका मृतक श्रेष्ठको परिवार काठमाडौ‌ आएपछि शनिवार राति मुचुल्का तयार पारी शव उठाइएको छ । ढकालको घरमा मृतक स्टाप नर्स श्रेष्ठ किन र कसरी पुगेकी हुन् प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले ढकाल र मृतक श्रेष्ठबीच के सम्बन्धी थियो कि थिएन भनेर सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । घटनाका बारेमा अन्य विषय पनि हेरिरहेको प्रहरी भनाइ छ ।

Published : Sunday, 2023 April 30, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया