जसपाका सांसद राजकिशोर यादवको निर्वाचन खर्च कति ?

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता तथा प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले निर्वाचनमा करीव साढे १२ लाख रुपियाँ खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

सिरहा क्षेत्र नं. २ बाट निर्वाचित जसपाका सांसद यादवले इन्धन खर्चमा ४ लाख ५० हजार ६३ रुपियाँ ५० पैसा खर्च गरेका छन् ।

गाडी भाडामा उनले ६ लाख ९० हजार खर्च गरेको विवरण आयोगमा बुझाएका छन् । उनले अफसेट प्रेस खर्च अर्थात पर्चा लगायतका सामग्री छपाइमा ८८ हजार खर्च गरेका छन् ।

धरौटी वापत उनले १० हजार खर्च गरेको विवरण आयोगलाई बुझाएको उल्लेख छ ।

जसपाका सांसद यादवले १२ लाख ३८ हजार ६३ रुपियाँ ५० पैसा खर्च भएको उल्लेख छ ।

Published : Sunday, 2023 April 30, 7:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया