काठमाडौं प्रहरीद्वारा प्रवीना, सुदर्शन र संसारलाई पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले नियन्त्रित लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ बदेलीस्थित वडा एरियामा केही मानिसहरूले नियन्त्रित लागुऔषध बिक्री बितरण तथा ओसार पसार गर्ने गरेको भन्ने सूचना प्राप्त हुन आएपछि प्रहरीले कारबाही गरेको थियो ।

उक्त सूचना पश्चात तत्काल प्रहरी प्रभाग बुढानिलकण्ठबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली खटी गई निगरानी गरी तीन जना व्यक्तिहरूको साथबाट लागुऔषध फेला परेपछि बरामद गरिएको छ ।

तीन जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङ जिल्लामा घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ बस्ने वर्ष १९ को सुदर्शन दाहाल, बुढानिलकण्ठ वडा नं. २ बस्ने वर्ष २२ को संसार सिटौला र सोही ठाउँ बस्ने वर्ष २३ को प्रवीना शाही रहेका छन् ।

उनीहरूको साथबाट मोबाइल, ५० हजार नगदसहित लागुऔषधहरू बरामद भएका छन् ।

Published : Saturday, 2023 April 29, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया