काठमाडौं प्रहरीद्वारा प्रवीना, सुदर्शन र संसारलाई पक्राउ
काठमाडौं । काठमाडौं प्रहरीले नियन्त्रित लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ बदेलीस्थित वडा एरियामा केही मानिसहरूले नियन्त्रित लागुऔषध बिक्री बितरण तथा ओसार पसार गर्ने गरेको भन्ने सूचना प्राप्त हुन आएपछि प्रहरीले कारबाही गरेको थियो ।
उक्त सूचना पश्चात तत्काल प्रहरी प्रभाग बुढानिलकण्ठबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली खटी गई निगरानी गरी तीन जना व्यक्तिहरूको साथबाट लागुऔषध फेला परेपछि बरामद गरिएको छ ।
तीन जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङ जिल्लामा घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ बस्ने वर्ष १९ को सुदर्शन दाहाल, बुढानिलकण्ठ वडा नं. २ बस्ने वर्ष २२ को संसार सिटौला र सोही ठाउँ बस्ने वर्ष २३ को प्रवीना शाही रहेका छन् ।
उनीहरूको साथबाट मोबाइल, ५० हजार नगदसहित लागुऔषधहरू बरामद भएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया