काठमाडौंमा ठूलो परिमाणको चोरी, तनाबमा परिन पुष्पा

काठमाडौं । काठमाडौंमा चोरले ठूलो परिमाणको धनमाल चोरी गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–९ मेडिकलचोक बस्ने ४० वर्षीया पुष्पा गुरुङको घरको ताला फोडी ६४.५ तोला सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

चोरले अमेरिकी डलर ३० हजार र नेपाली ७ लाख रूपियाँ समेत चोरेर लगेको छ ।

पुष्पाको घरबाट करिब १ करोड १० लाख ५० हजार रूपियाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Saturday, 2023 April 29, 6:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया