जितेको ५ महिनामै मोहन बस्नेतले ल्याइदिए अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न ठूलो एम्बुलेन्स

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद मोहनबहादुर बस्नेतले आफ्नो निर्वाचन क्षेत्रलाई सुविधा सम्पन्न एम्बुलेन्स दिएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको क्षेत्र नं. २ को मेलम्ची नगर अस्पताललाई सुविधान सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । पूर्वमन्त्री समेत रहेका बस्नेतले जितेर आएको ५ महिनाभित्रै एम्बुलेन्स दिएर आफ्नो निर्वाचन क्षेत्रका जनताको स्वास्थ्यप्रति गम्भीरता देखाएका छन् ।

नेता बस्नेतले भनेका छन्, ‘मैले चुनाव लडेको ठाउँ, क्षेत्र र तपाईंहरूले चुनाव जिताएको सिन्धुपाल्चोक क्षेत्र नं. २ प्रति आभार प्रकट गर्न सुविधान सम्पन्न एम्बुलेन्स ल्याएको छु । जनताको सेवा र उपचार गर्न नपाएर मर्नपर्ने बाध्यता नओस् भनेरै एम्बुलेन्स ल्याइएको छ ।’

‘हो मैले चुनावी अभियानमा होस् या घरदैलो कार्यक्रममा होस् तपाईहरूसँग गरेका कुनैपनि वाचा र प्रतिबद्धता बिर्सेको छैन र बिर्सेने पनि छैन’, बस्नेतले भनेका छन्, ‘थाहा छ कामहरू थुप्रै गर्नुपर्ने छन् । गर्ने पनि हो । तर, सुरुवात मैले यहीँबाट गरे…।’

‘केही दिन अगाडि मात्रै मैले प्रदेश सरकारलाई आग्रह गरेको थिएँ, जसअनुरुप वैशाख १५ गतेका दिन सिन्धुपाल्चोकको मेलम्ची नगर अस्पताललाई प्रदेश सरकारबाट सुबिधा सम्पन्न अत्याधुनिक एम्बुलेन्स प्राप्त भएको छ’, उनले भनेका छन् ।

‘यो निकै खुसीको कुरा हो । आशा छ यो एम्बुलेन्सले धेरै सिन्धुवासीहरूको ज्यान बचाउन मद्दत पु¥याउनेछ’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

मेलम्ची नगर अस्पतालमा शुक्रबार आयोजित विशेष कार्यक्रममा नेता बस्नेतले सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका छन् । एम्बुलेन्सको गाडी ठूलो छ । त्यसमा सबै प्रकारणका सुविधा छन् ।

कार्यक्रममा बाग्मती प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा, खानीपानी, सिचाइँ तथा उर्जामन्त्री तीर्थ लामालगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2023 April 29, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया