स्व.खुमबहादुर खड्काका छोरा अनुरागले चुनावमा कति खर्च गरे ?
काठमाडौं । नेपाली कांग्रेसका स्व.नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्काले प्रदेश सभाको निर्वाचनमा १६ लाख ३५ हजार खर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।
अनुरागले निर्वाचन आयोगलाई बुझाएको निर्वाचन खर्चको विवरणमा बाचा पत्र छपाईमा ६० हजार खर्च गरेको जनाएका छन् ।
नमूना मत पत्रमा १ लाख ६० हजार, निमन्त्रणा पत्र प्रकाशनमा ८० हजार, फेसबुक बुस्टमा ४० हजार, जीप तथा अन्य सवारी साधनमा ६ लाख ८० हजार खर्च भएको अनुरागले जनाएका छन् ।
उनले झण्डा तथा फेलेक्समा १ लाख, चिया, नास्ता र खानामा ३ लाख, एजेन्टमा ९५ हजार र मसलन्दमा ६० हजार खर्च भएको जनाएका छन् ।
अनुराग दाङको क्षेत्र नं. १ (२)बाट लुम्बिनी प्रदेशको प्रदेश सभातर्फ उम्मेदवार बनेका थिए । उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया