प्रहरीद्वारा २५ वर्षीया सयनालाई लाजिम्पाटबाट पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले २५ वर्षीया सयना श्रेष्ठलाई पक्राउ गरेको छ ।
प्रहरीले सयनालाई बिहीबार लाजिम्पाटबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सयना सुनसरी जिल्लाको धरान उप–महानगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौंको लाजिम्पाटमा बस्दै आएकी थिइन् ।
अमृत गुरुङलाई वैदेशिक रोजगारीमा अष्ट्रेलिया पठाइदिन्छु भनेर ३० लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
वैदेशिक रोजगार विभागलेसयनालाई पक्राउ गरेर बुझाउन आदेश दिएको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर विभागको कार्यालय बुद्धनगरमा बुझाएको छ ।

Published : Thursday, 2023 April 27, 8:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया