धादिङ र गुल्मीमा सवारी दुर्घटना

काठमाडौं । धादिङमा सवारी दुर्घटना भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–३ मुर्चोकस्थित सडकमा ना. ५ त ९३६० नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–५ बस्ने २५ वर्षीय सन्तोष कुवँरको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।

उता, गुल्मीको मालिका गाउँपालिका–२ खल्टिङ खोलास्थित सडकमा लु. १ च ९९११ नम्बरको जिप अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा सह–चालक बाग्लुङको बडीगार्ड गाउँपालिका–९ बल्घास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालकलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।

Published : Thursday, 2023 April 27, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया