लमहीका भीमकुमार काठमाडौंमा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले २५ वर्षीय भीमकुमार सुनारलाई पक्राउ गरेको छ ।
अजरवैजान पुर्याई ठगी गरेको अभियोगमा दाङको लमही नगरपालिका–५ बस्ने भीमजंग रसाइली भन्ने भीमकुमार सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सुनारले एकजना पीडितलाई वैदेशिक रोजगारीका लागि अजरबैजानको होटलमा मासिक ७ सय डलर तलब हुने कामको लागि पठाइ दिन्छु भनि ८ लाख ५० हजार रूपियाँ लिएका थिए ।
सुनारले पीडितलाई अजरबैजान पु¥याई ५ महिनासम्म अलपत्र पारी ठगी गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडितले सुनारविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । विभागले सुनारलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो । पत्राचार भएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया