समय हुनेवित्तिकै निर्वाचन क्षेत्र जान्छन् कांग्रेस सांसद चाैधरी, योजनाहरूको नियमित अनुगमन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद विनोदकुमार चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विकासका कार्यक्रम र आयोजनाहरूको नियमित अनुगमन गरिरहेका छन् ।

समय हुनेवित्तिकै काठमडौं छाडेर सांसद चौधरी आफ्नो निर्वाचन क्षेत्र जाने गरेका छन् । चौधरी प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् ।

नवलपरासीको गण्डक नहरको काम भइरहेको आयोजना स्थल पुगेर सांसद चौधरीले अनुगमन गरेका छन् । उनले जनतालाई समयमा सिचाइँको पानी उपलब्ध गराउने गरेर काम अगाडि बढाउन निर्देशन दिएका छन् ।

सांसद चौधरीले भनेका छन्, ‘नवलपरासीमा भइरहेका विकास निर्माणको कामको स्थलगत अनुगमन गरेँ । स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायसहित सबै जना विकासका काम समयमै सम्पन्न गर्न प्रतिवद्ध हुनुहुन्छ । विकासमा हामी सबैले हातेमालो गरौं ।’

Published : Wednesday, 2023 April 26, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया