वरियारपट्टी छोटी भन्सार र सडकको स्तरोन्नति गर्न सांसद यादवको माग

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सांसद राजकिशोर यादवले सिरहा जिल्लाको वरियारपट्टी छोटी भन्सारको स्तरोन्नतिको माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै यादवले भने, ‘सिरहा जिल्लाको वरियारपट्टी भारतसँग जोडिएको मुख्य नाका भएको हुनाले त्यहाँको छोटी भन्सारको स्तरोन्नति गरि निकासीको अवस्था सुनिश्चित गर्नको लागि सरकारसँग माग गर्दछु ।’

‘त्यही भन्सारको नाका हुँदै वरियारपट्टी, जिरोमाइल सडकदेखि मध्यपहाडी लोकमार्ग फोरलेन सडकको लागि भौतिक योजना तथा पूर्वाधार मन्त्रालयसँग माग गर्दछु’, उनले भनेका छन् ।

‘धनगढी नगरपालिकाको सररे खोलामा पुलको अभावले गर्दा वर्षायाममा जनताको आवतजावतमा अवरोध भएको हुँदा पुल निर्माणको लागि सरकारको ध्यान जाओस् भन्ने निवेदन गर्न चाहन्छु’, सांसद यादवले भनेका छन् ।

Published : Wednesday, 2023 April 26, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया