दुधकोशी हाइड्रो पावरलाई लिएर खतिवडा नेतृत्वको टोलीद्वारा मन्त्रीसँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले दुधकोशी हाइड्रो पावरको बारेमा उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग परामर्श गरेका छन् ।

बुधबार खतिवडाको नेतृत्वमा गएका सांसदहरूले दुधकोशी हाइड्रो पावरका बारेमा मन्त्री बस्नेतसँग परामर्श भएको हो ।

मन्त्री बस्नेतसँगको भेटमा ओखल्ढुङ्गा, सोलुखुम्बु र खोटाङबाट निर्वाचित सांसद, मन्त्रालयका सचिव, बिद्युत् प्राधिकरणका प्रमुख र दुधकोशी हाइड्रो पावरको प्रोजेक्ट प्रमुखहरूसँग बसेर उर्जा मन्त्रालयमा छलफल भएको छ ।

मन्त्री बस्नेतले दुधकोशी हाइड्रो पावरको आयोजना राष्ट्रकै गौरव भएको भन्दै मन्त्रालयले बिशेष ध्यान दिएको जनाएका छन् ।

बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले दुधकोशी हाइड्रो पावर आयोजनाको बारेमा सम्बधित लगानी कर्ताहरूसँग केही दिन पहिला विभिन्न चरणमा छलफल भैसकेको बताए । उनल छिटोभन्दा छिटो आयोजना सुचारु गर्न आफूहरू तयार रहेको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद खतिवडाले दुधकोशी हाइड्रो पावर आयोजना पूरा गर्नको लागि सहयोग गर्ने बताए । उनले केही दिनपछि सम्पूर्ण प्रदेशको सांसदहरू र स्थानीया तहको प्रमुखहरूसँग बसेर स्थानीय रुपमा आयोजना सफल बनाउन सबै प्रकारले तयारी रहेको प्रतिबद्दता जनाएका छन् ।

Published : Wednesday, 2023 April 26, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया