हरिकला चाबहिलबाट पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट ३२ वर्षीया हरिकला दाहाललाई पक्राउ गरेको छ ।
प्रहरीले हरिकलालाई मंगलबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उनी पक्राउ परेकी हुन् । झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौं कपन बस्दै आएकी हरिकलाविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी गरेको थियो ।
हरिकलाले वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारेको अभियोग लागेको छ ।
पीडितहरूबाट पटक पटक गरी ४८ लाख रुपियाँ ठगी गरेकोले हरिकलालाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो ।
प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया