काण्डमा परेपछि सीडीओ भट्टराई सिंहदरबार तानिए
काठमाडौं । गृह मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराई काठमाडौं तानेको छ ।
भट्टराई राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएको प्रकरणमा मुछिएपछि छानबिनका लागि गृह मन्त्रालय तानिएको हो ।
भट्टराई २०७९ माघ १३ गतेबाट मोरङमा सीडीओेको कार्यभार सम्हाल्न आएका थिए ।
राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिने निर्णयमा संलग्न तत्कालीन विभागका महानिर्देशक भट्टराईसहित विभागका सूचना प्रविधि शाखा प्रमुखसमेत रहेका निर्देशक मुकेश रेग्मीलाई उप–प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालय तानेका हुन् ।
मोरङको प्रमुख जिल्ला अधिकारीमा वीरेन्द्रकुमार यादवलाई पठाएको छ । यादव यसअघि संखुवासभाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया