त्रिपुरेश्वरबाट पुनसहित ३ जना पक्राउ, यस्तो थियो कसूर
काठमाडौं । प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपियाँ दिए राहदानी बनाइ दिन्छुभन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–२ मगरगाउँ बस्ने ३४ वर्षीय स्माईलस्टार पुनसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एण्ड टुर्स प्रालि संचालन गर्ने पुन लगायतका व्यक्तिहरूले उक्त रूपियाँ दिए राहदानी बनाइ दिन्छुभन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त प्रालि तलासी गर्दा कम्पनीबाट विभिन्न नाम गरेको व्यक्तिहरुको राहदानी ५ थान, सिपीयू १ थान, मनिटर १ थान र विभिन्न महत्वपूर्ण डकुमेन्ट लगायतका सामानसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
उता, प्रहरीले झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका–५ बस्ने ४१ वर्षीय उद्धव तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ललाई फकाई आफ्नै घरमा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया