काठमाडौंमा बागलुङकी महिलामाथि छुरा प्रहार, ज्यान गयाे
काठमाडौं । काठमाडौंमा चक्कु प्रहारबाट घाइते भएकी महिलाको मृत्यु भएको छ ।
बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौंको सरस्वती नगरमा बस्दै आएकी ३५ वर्षीय नीरा आचार्यको छुरा प्रहारबाट हत्या भएको हो ।
बिहीबार करीव साढे ३ बजे नीराको घाँटी र शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी नीराको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताएका छन् ।
नीराले सरस्वती नगरमा पसल चलाउँदै आएकी थिइन् । प्रहरीका अनुसार आचार्यलाई कसले र किन चक्कु प्रहार गरेको थियो भन्ने खुलेको छैन ।
जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया