हालका एसपी बस्नेतलाई कैद र जरिवाना फैसला

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश बस्नेतविरुद्ध १५ दिन कैद र ५ हजार जरिवानाको सजाय सुनाएको छ ।

सर्वोच्च अदालतले बस्नेतविरुद्ध अवहेलना मुद्दामा दोषी ठहर गरेको हो । बस्नेत हाल एसपी छन् ।

बस्नेतले क्षमायाचनासहित निवेदन दिएको अवस्थामा सजाय मिनाहा हुन सक्ने फैसलाको पूर्ण पाठमा उल्लेख छ ।

बस्नेतले अंशसम्बन्धी मुद्धामा पाटन उच्च अदालतले गरेको आदेश नटेरेको अभियोगमा सो फैसला भएको छ ।

जगतमाया श्रेष्ठ र उनका छोरा ईन्द्रबहादुर श्रेष्ठले काठमाडौं प्रहरी परिसर र मुद्धा शाखामा कार्यरत तत्कालीन डीएसपी बस्नेतविरुद्ध २०७२ सालमा सर्वोच्च अदालतमा अवहेलनाको मुद्धा दायर गरेका थिए ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले हालै अन्तिम सुनुवाई गरेको थियो ।

Published : Wednesday, 2023 April 19, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया