हालका एसपी बस्नेतलाई कैद र जरिवाना फैसला
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश बस्नेतविरुद्ध १५ दिन कैद र ५ हजार जरिवानाको सजाय सुनाएको छ ।
सर्वोच्च अदालतले बस्नेतविरुद्ध अवहेलना मुद्दामा दोषी ठहर गरेको हो । बस्नेत हाल एसपी छन् ।
बस्नेतले क्षमायाचनासहित निवेदन दिएको अवस्थामा सजाय मिनाहा हुन सक्ने फैसलाको पूर्ण पाठमा उल्लेख छ ।
बस्नेतले अंशसम्बन्धी मुद्धामा पाटन उच्च अदालतले गरेको आदेश नटेरेको अभियोगमा सो फैसला भएको छ ।
जगतमाया श्रेष्ठ र उनका छोरा ईन्द्रबहादुर श्रेष्ठले काठमाडौं प्रहरी परिसर र मुद्धा शाखामा कार्यरत तत्कालीन डीएसपी बस्नेतविरुद्ध २०७२ सालमा सर्वोच्च अदालतमा अवहेलनाको मुद्धा दायर गरेका थिए ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले हालै अन्तिम सुनुवाई गरेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया