सूचना पाउनेवित्तिकै काठमाडौं प्रहरीद्वारा अशोक र किरणलाई प्रमाणसहित पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंले गाडी चोरीको अभियोगमा २८ वर्षीय अशोक लामा र २३ वषीय किरण स्याङतानलाई पक्राउ गरेको छ ।

चैत ३० गते कीर्तिपुरको चोभारबाट हराएको बा ५ च ९६५७ नम्बरको सेतो रंगको टाटा डीआई गाडीलाई प्रहरीले मकवानपुर स्थायी घर भइ हाल कीर्तिपुरमा बस्दै आएका लामा र स्याङतानसहित पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ । गाडी चोरी गरेकै दिन लामा र स्याङतानले चारघरेमा रहेको चक्रतीर्थ मल्टिपरपोज प्रा.लि.को गोदाममा राखिएका सवारी साधनका पाटपुर्जा समेत चोरी गरेका थिए ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २ घर भएका लामा र थाहा नगरपालिका १२ का स्याङतानलाई गाडी र सवारी साधनका पार्टपुर्जासहित पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

लामा र स्यातानले करीव सात लाखको चोरी गरेको प्रारम्भीक अनुसन्धानबाट काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

गाडी चोरीको अभियोगमा पक्राउ परेका लामा र स्याङतानलाई काठमाडौं प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले गाडी र सवारी साधनको पार्टपुर्जा चोरी गर्ने उनीहरूलाई चोरी भएको सूचना पाउनेवित्तिकै तत्काल नै पक्राउ गरेको छ ।

Published : Wednesday, 2023 April 19, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया