गुल्मीमा सडेगलेको अवस्थामा शव फेला

काठमाडौं । गुल्मी जिल्लामा सडेगलेको अवस्थामा शव फेला परेको छ ।

रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ५ दाङसिरस्थित पानीयाटे खोलामा सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शव नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा छैन ।

घटनास्थल शव जाँच मुचुल्का लगायतको प्रारम्भीक अनुसन्धान कार्य पूरा गरी पहिचानको लागि शवलाई गुल्मी अस्पतालमा राखिएको छ ।

आफन्त वा नातेदार कोही हराएको छभने शवको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।

Published : Wednesday, 2023 April 19, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया