चितवन २ मा चिवतनकै छोराले जित्नुपर्छ : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले चिवतन २ को उप–निर्वाचनमा जीतनारायण श्रेष्ठको पक्षमा भोट मागेका छन् ।

मंगलबार चितनवका विभिन्न स्थानमा चुनावी कार्यक्रममा सहभागी भएर नेता बस्नेतले कांग्रेसका उम्मेदवार श्रेष्ठको पक्षमा मत मागेका हुन् । उनले ‘चितवनको छोरो जीतनारायण श्रेष्ठ’लाई मतदान गरेर विजयी बनाउनु आग्रह गरेका छन् ।

नेता बस्नेतले विभिन्न पेशा व्यवसायमा संलग्न चिवतनमा आएर बसोबास गर्ने सिन्धुपाल्चोकका मतदाताहरूसँग पनि श्रेष्ठलाई मतदान गर्न अनुरोध गरेका छन् ।

‘चितवनमा यतिबेला उप–निर्वाचन लागिरहेको छ । जनताले साच्चिकै इमानदार कर्मठ विकास प्रेमी स्वच्छ छबि भएको चितवनबासीको मनोभावना बुझ्ने नेता खोजेका छन्’, बस्नेतले भने, ‘चितवनमा नेपाली कांग्रेसको पक्षमा जनलहर देखिएको छ । जय नेपाल ।’

यसैबीच, नेता बस्नेत बुधबार तनहुँ १ मा चुनावी प्रचार प्रसारका लागि सहभागी हुन लागेका छन् ।

यसअघि, मंगलबार नै नेता बस्नेतले चितवनको पुरानो मेडिकल कलेजमा पुगेर सिधुपल्चोक निवासी सवारी चालक दिलबहादुर थापा ‘शम्भु’को पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकसंग छलफल गरेका छन् ।

अस्पताल पुर्‍याउँदाको अवस्थाभन्दा उनको स्वास्थ्य अवस्था केही सुधार भएको नेता बस्नेतले बताएका छन् ।

थापाको उपचारका निमित्त कुनै पनि कुराको अभाव हुन नदिन आग्रह गर्दै बस्नेतले हरेक आवस्यक सहयोगका निमित्त आफू तयार रहेको घाइतेका परिवार र अस्पताल प्रशासनसँग प्रतिवद्दता व्यक्त गरेको छन् ।

Published : Wednesday, 2023 April 19, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया