अर्थ मन्त्रालयका सचिव डा.घिमिरे गुल्मी समाजको अध्यक्षमा चयन

काठमाडौं । गुल्मेली अधिकृत समाजको अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंको बुद्धनगरमा हालै सम्पन्न साधारण सभाले छठौं साधारण सभाले डा.घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्षमा जीवलाल भुसाल, महासचिवमा तोयनारायण सुवेदी चयन भएका छन् । सचिवमा कविराज श्रेष्ठ र कोषध्यक्ष नारायण ज्ञवाली चयन भएका छन् ।

सदस्यहरूमा अर्जुनप्रसाद आचार्य, एसपी दयानिधि ज्ञवाली, मञ्जु पौडेल, गीता पोखरेल, जितेन्द्रसिंह थापा, कल्पना अर्याल सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा आजीवन सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिएको छ । बिक्रम संवत् २०८० सालको क्यालेण्डर समेत वितरण गरिएको छ ।

राजधानीमा रहेका गुल्मी जिल्लाबाट निजामती, प्रहरी, सेना, सशस्त्र लगायतका क्षेत्रमा कार्यरत अधिकृतहरूको समाजको कार्यक्रमको प्रमुख आतिथ्यता सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरले गरेका थिए ।

शिविष्ट अतिथिको आतिथ्यता पूर्व मुख्य सचिव लीलामणि पौडेलले गरेका थिए । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष शंकरप्रसाद खरेलले गरेका थिए ।

Published : Tuesday, 2023 April 18, 3:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया