कांग्रेस नेता कोइराला तनहुँ १ को चुनावी प्रचारमा

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तनहुँ १ को प्रतिनिधि सभातर्फको उप–निर्वाचनको प्रचार प्रसारका क्रममा खटिएका छन् ।

अन्तिम अवस्थामा पुगिरहेको बेला कांग्रेसका नेता कोइराला तनहुँ–१ मा पुगेका हुन् । तनहुँ १ मा कांग्रेसबाट नेता गोविन्द भट्टराई उम्मेदवार बनेका छन् ।

प्रचार प्रसारका क्रममा कोइराला ब्यासमा घरदैलो गर्दै पुगेका हुन् । मतदाताको घरदैलोमै पुगेर कोइराला, सदस्य सञ्जय गौतमलगायतले भट्टराईका लागि मत मागिरहेका छन् ।

भट्टराई जिताउन ब्यासमा घरदैलो गर्दै कांग्रेस नेता कोइरालाले कांग्रेसले उप–निर्वाचनमा शानदार जितहात पार्ने बताएका छन् ।

‘कांग्रेस भनेको जनता हरेक सुख दु:खको साथी हो’, कोइरालाले भने, ‘तनहुँ–१ का जनताको भलाई र विकासको लागि गोविन्द भट्टराई मात्रै उपयुक्त व्यक्ति हो । त्यसैले उहाँको जित आवश्यक छ ।’

Published : Monday, 2023 April 17, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया