यी तेह्र जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस
काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिको सचिवालय नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
समितिले बुधबार सूचना प्रकाशित गरेर एसएसपीहरूलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको जनाएको हो । डीआईजी बढुवा सिफारसमा पर्नेहरूमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुबेर खापुङ रहेका छन् ।
डीआईजी बढुवा सिफारिसमा पर्नेहरूमा जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुनचन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाएका छन् ।


Published : Wednesday, 2023 April 12, 10:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया