यी तेह्र जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस

काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिको सचिवालय नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

समितिले बुधबार सूचना प्रकाशित गरेर एसएसपीहरूलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको जनाएको हो । डीआईजी बढुवा सिफारसमा पर्नेहरूमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुबेर खापुङ रहेका छन् ।

डीआईजी बढुवा सिफारिसमा पर्नेहरूमा जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुनचन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाएका छन् ।

Published : Wednesday, 2023 April 12, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया