काठमाडौंमा जुनुकला पक्राउ, गौशाला प्रहरीमा राखियो
काठमाडौं । प्रहरीले ३५ वर्षीया जुनुकला राईलाई काठमाडौंमा पक्राउ गरेको छ ।
सुनसरीको धरान उप–महानगरपालिका–१७ घर भइ काठमाडौंमा बस्दै आएकी राईलाई जिल्ला प्रहरी परिसर काठमाडौंले ठगीको अभियोगमा पक्राउ गरेको हो । राई चावहिल, गंगाहिटीमा भिजन ड्रिमरी प्रा.लि.का संचालक हुन् ।
राई समेतले नेपाली कला र सिपबाट सृजित विभिन्न प्रकारका सामानहरू उत्पादन तथा बिक्री वितरण गर्ने गराउने सम्बन्धी स्वीकृति लिई ईजाजतको समेत बर्खिलाप हुने गरी १६–२५ वर्ष उमेर समूहका धेरैजसो युवायुवतीलाई आकर्षक आम्दानी हुने प्रलोभनमा पारेर ठगी गरेका थिए ।
राईले विभिन्न योजना बनाइ वैदेशिक भ्रमण लगायतका प्रलोभन दिई न्यूनतम ११,३०० देखि अधिकतम ५,००,००० सम्म तिरी सदस्यता लिन लगाई कम्तिमा ४ जना सदस्य बनाउन सकेमा लगानी रकम फिर्ता हुने भनेर ठगी गरेकी थिइन् ।
सदस्य बनाउन नसकेको खण्डमा कम्पनीबाट उत्पादित भनिएको गुणस्तर परीक्षण नभएको विभिन्न तयारी पोशाक, जुत्ता, हस्तकलाका सामाग्रीहरू बजार मूल्यभन्दा अत्याधिक ज्यादा मूल्यमा बिक्री गराउनुपर्ने शर्त राखी उक्त शर्त पालना नगरिएको खण्डमा लगानी रकम समेत फिर्ता नगरी कम उमेर समूहका युवायुवतीलाई नेटवर्किङ व्यवसाय सम्वन्धि ३ दिने प्रशिक्षण दिलाउने गरिएको थियो ।
उक्त कार्य गरी गर्न लगाई प्रलोभनमा पारी लाखौं नगद असुल गरी १४ जना पीडितहरूबाट नगद सत्र लाख तीन हजार चार सय र ३६ जना पीडितहरूबाट अड्तीस लाख उन्नाइस हजार चार सय बराबरको रकम ठगी गरेको अभियोग राईलाई लागेको छ ।
पक्राउ परेकी राई उपर ठगी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भई रहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया