मन्त्री किराँतीसँग अमेरिकाबाट आएका अर्गनाइजेशनका अध्यक्ष लामा नेतृत्वको टोलीद्वारा भेटवार्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग ‘हामी नेपाली ग्लोबल अर्गनाइजेशन अमेरिका’को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा अर्गनाइजेशनका अध्यक्ष अमृत लामासहितको टोलीले मन्त्री किराँतीसँग भेट गरेर नेपालको पर्यटन व्यवसायलाई कसरी अमेरिकाबाट पनि प्रबर्द्धनमा सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको माओवादीका केन्द्रीय सदस्य तिलक मल्लले बताएका छन् ।

अर्गनाइजेशनका अध्यक्ष लामाले मन्त्री किराँतीसँग नेपाल र अमेरिकाबीच कसरी पर्यटनको विकासमा सहयोग गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको बताए । उनले नेपालको उन्नति र प्रगतिमा आफूहरूको पनि योगदान रहने प्रतिवद्धता जनाएका छन् ।

अर्गनाइजेशनको उद्देश्य भनेको नेपाल र नेपालीलाई सहयोग गर्ने रहेको अध्यक्ष लामाले बताएका छन् । विश्वभरि छरिएर रहेका नेपालीहरूलाई गोलबन्द गरेर नेपालको हितमा काम गरिने लामाले बताए ।

अर्गनाइजेशनको ४० देशमा देशमा कार्यसमिति छ । यो संस्था राजनीति, धर्म, जातीयभन्दा बाहिर रहेको छ । अर्गनाइजेशनले भूकम्प र कोरनाका बेला नेपालमा धेरै सहयोग गरेको थियो । अर्गनाइजेशनले अब नेपालमा पूर्वाधार पर्यटन र शिक्षामा लगानी गर्न खोजेको छ ।

माओवादी केन्द्रका नेता मल्लले मन्त्री किराँती र अर्गनाइजेशनको प्रतिमण्डलबीचको भेटवार्ताका लागि सहजीकरण गरिदिएका थिए । अर्गनाइजेशनले अमेरिकामा जुन महिनामा नेपाली फेस्टिबल गर्न लागेको छ ।

मन्त्री किराँतीसँगको भेटमा अर्गनाइजेशनका अध्यक्ष अमृत लामा, अन्तर्राष्ट्रिय बोर्डका सदस्य गंगाराज पौडेल, नेपाल च्याप्टरकी प्रमुख उमा तामाङ, नेपाल च्याप्टरका महासचिव मनीष चौधरी, नेपालका सहयोगी नवीन शाही लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2023 April 12, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया