झाउलेमा जीप दुर्घटना, छ जनाको मृत्यु

काठमाडौं । बैतडी जिल्लामा जीप दुर्घटना भएको छ । पाटन नगरपालिका–८ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका सबै एउटै गाउँ निवासी हुन् ।

जीपमा सवार ५ जनाले भने हामफालेर ज्यान बचाएका छन् । बैतडीको खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप मंगलबार राति करीव साढे ११ बजेको समयमा दुर्घटना भएको हो ।

जीप पाटन नगरपालिकाको वडा नं. ८ झाउलेक भन्ने स्थानमा दुर्घटना भएको छ । जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बीरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । जीपमा १२ जना यात्रु सवारी थिए ।

जीप दुर्घटना भएपछि चालक फरार रहेका छन् । जीप दुर्घटनाको कारण खुलेको छैन ।

Published : Wednesday, 2023 April 12, 9:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया