प्रहरीका दुई जना डीआईजीहरूको काज सरुवा

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले डीआईजी पोषराज पोखरेल र रामदत्त जोशीको काज सुरुवा गरेको हो ।

पोखरेल प्रहरीको केन्द्रीय प्रवक्ता समेत रहेका थिए । डीआईजी पोखरेललाई उपत्यका ट्राफिक कार्यालय रामशहा पथमा काज सरुवा गरिएको छ ।

डीआईजी जोशीलाई विशेष ब्यूरोमा काज सरुवा गरिएको छ । जोशी यसअघि योजना तथा अन्वेषण निर्देशनालयमा कार्यरत थिए ।

नेपाल प्रहरीको जनपदतर्फ २० जना डीआईजीको दरबन्दी रहेको छ । हाल ७ जना मात्रै कार्यरत छन् । १३ जना डीआईजीको दरबन्दी खाली छ ।

सरकारले रिक्त डीआईजीमा बढुवा गर्ने तयारी गरेको छ । डीआईजी नहुँदा कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रहरी प्रमुखको जिम्मा एसएसपीलाई दिइएको छ ।

Published : Tuesday, 2023 April 11, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया