प्यूठानमा ट्रयाक्टर दुर्घटना, चम्पाको मृत्यु, तीन जना घाइते
काठमाडौं । प्यूठानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीन जना घाइते भएका छन् ।
माण्डवी गाउँपालिका–५ रम्दी, चिनास्थित सडकमा रा.१ त ४१५६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकदेखि करिब १ सय मिटर तल खसेर मंगलबार बिहान दुर्घटना भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ट्रयाक्टरमा सवार नौबहिनी गाउँपालिका–१ ठूलागाउँ बस्ने २५ वर्षीय चम्फा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी बिकको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
Published : Tuesday, 2023 April 11, 6:58 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया