प्यूठानमा ट्रयाक्टर दुर्घटना, चम्पाको मृत्यु, तीन जना घाइते

काठमाडौं । प्यूठानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीन जना घाइते भएका छन् ।

माण्डवी गाउँपालिका–५ रम्दी, चिनास्थित सडकमा रा.१ त ४१५६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकदेखि करिब १ सय मिटर तल खसेर मंगलबार बिहान दुर्घटना भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ट्रयाक्टरमा सवार नौबहिनी गाउँपालिका–१ ठूलागाउँ बस्ने २५ वर्षीय चम्फा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी बिकको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Published : Tuesday, 2023 April 11, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया