महेन्द्रनगरबाट बुटवल हिँडेको बस देउखुरीमा दुर्घटना

लमही । दाङको देउखुरीमा बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन् ।

सोमबार करीव साढे ४ बजे लमही नगरपालिकाको वडा नं. ९ नर्तीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा बस दुर्घटना भएको दाङ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महेन्द्रनगरबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९३९२ नम्बरको बस पट्टाको पिन भाच्चिर अनियन्त्रित भई सडकबाट दाहिनेतर्फ पल्टिएर दुर्घटना भएको थियो ।

बसमा ११ जना यात्रु सवारी थिए । ८ जना यात्रु घाइते भएका छन् भने ३ जना यात्रुलाई केही भएको छैन ।

घाइते हुनेमा रुपन्देहीको बुटवल उप–महानरपालिका ११ कि २० वर्षीया गीता सुवेदी, रुपन्देहीको पियारी गाउँपालिका १ का २१ वर्षीया रोशनी शाह र उनको एक महिनाको शिशु रहेका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिका २ का ४६ वर्षीय ओमप्रसाद ज्ञवाली, बुटवल ११ का ११ वर्षीय जस्तिन सुवेदी, सैनामैना ४ का ६६ वर्षीय तुलसा पाण्डे र ६८ वर्षीया लक्ष्मीदेवी पाण्डे तथा कपिलवस्तुको रुद्रपुर गाउँपालिका ४ का ५५ वर्षीय सुरज थापा घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2023 April 10, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया