ठूलो परिमाणको चरेससहित ३ जना पक्राउ
काठमाडौं । प्रहरीले पर्साबाट ठूलो परिणाममा लागुऔषध चरेस बरामद गरेको छ ।
पटेर्वासुगौली गाउँपालिका–५ देउरियाबाट चरेस १ सय १८ किलो बरामद गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले लागूऔषध गाँजा ४ किलो पनि बरामद गरेको छ ।
लागुऔषधसहित प्रहरीले ३ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका–५ बस्ने ६० वर्षीय प्रदेशी राउत थारू, मकवानपुरको रक्सीराङ गाउँपालिका–८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुरको मनहरी गाउँपालिका–६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर लागूऔषध सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया