सबै पर्यटन सद्भावना दूत खारेज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज रेको छ ।

पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पूरा गर्ने गरी पुन: नियुक्त हुन सक्ने निर्णय गरी यसअघिका नियुक्ति भने खारेज गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन सद्भावना दूत राख्ने निर्णय खारेज गरिएको बताए ।

कार्यविधि नबन्दै अघिल्लो सरकारले दुई दर्जन स्थानमा पर्यटन सद्भावना दूत तोकेको थियो । यस्ता सद्भावना दूतहरू अवैतनिक हुने गर्छन् ।

सरकारी नियुक्तिको लाभमा आफ्नो प्रतिष्ठा र व्यवसाय विस्तारमा धेरैजसो व्यक्ति सक्रिय हुने गरेको देखिन्छ ।

उनीहरू नेता र पार्टी निकटका व्यक्तिहरूलाई नियुक्तिमा प्राथमिकता दिने प्रचलन रहेको छ । मन्त्रालयले सद्भावना दूत भन्ने स्थानमा पर्यटन प्रवर्द्धक भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको छ ।

Published : Sunday, 2023 April 9, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया