प्रदेश सरकारहरूका बारेमा कांग्रेस नेता खाण के भन्छन् ?
काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले उप–निर्वाचन लगत्तै प्रदेश सरकारहरू पुनर्गठन हुने बताएका छन् ।
आइतबार जनपुरधाममा आयोजित कार्यक्रममा नेता खाणले वैशाख १० को उप–निर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने बताए ।
उनले गठबन्धनमा आबद्ध दलहरूबीच प्रदेश सरकारहरूमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्ति सहमति भएको बताएका छन् ।
उनले भने, ‘सबै प्रदेशमा आलोपालो गररेर विभिन्न दलले विभिन्न चरणमा लिने गठबन्धनभित्रको दलमा सहमति भएको छ । यो कार्यान्वयन हुँदै जान्छ ।’
राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयक पनि अविलम्ब प्रमाणीकरण गराएर कार्यान्वयन गर्नुपर्ने खाणले बताएका छन् ।
कांग्रेस नेता खाणले आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौं नेपालीले भोगिरहेकाले उक्त विधेयकलाई प्रमाणीकरण गराउनका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया