मन्त्री शर्माद्वारा चलचित्र संघको तर्फबाट प्रदेश सांसद रोज राणालाई सम्मान

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले चलचित्र क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।

शनिबार काठमाडौंमा नेपाल चलचित्र संघले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले समाजमा चलचित्र क्षेत्रको योगदान विशेष रहेको बताइन् । उनले शिक्षामूलक चलचित्र निर्माण गर्न पनि सुझाव दिएकी छिन् ।

कार्यक्रममा मन्त्री शर्माले लुम्बिनी प्रदेशका सांसद रोज राणालाई सम्मान गरेकी थिइन् ।

संघको तर्फबाट मन्त्री शर्माले राणालाई सम्मान गरेकी हुन् । राणा नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट प्रदेश सभातर्फ निर्वाचन सांसद हुन् ।

राणा चलचित्र निर्माता तथा अभिनेता पनि हुन् । उनलाई चलचित्रको क्षेत्रमा विगतमा गरेको योगदानको स्मरण स्वरुप संघले सम्मान गरेको संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवक केसीसहितका कलाकारहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2023 April 9, 12:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया