काठमाडौंमा मोटरसाइकल आफै दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–६ स्थित सडकमा सुदूरपश्चिम प्रदेश–०१–०१० प २२९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक बझाङको खप्ताङ घर भएका २३ वर्षीय दीपक रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चाबहिलस्थित हेल्पिङ ह्याण्डस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ टिसिएन चोकमा लु.१ ख ७६२९ नम्बरको बसको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासीको सुस्ता गाउँपालिका–९ अठलैयापुलस्थित सडकमा लु.७६ प ३४११ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका–४ महुलिया टोलस्थित सडकमा प्रदेश २–०३–०० प ४९३५ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय उमेश महराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ बर्दिबास चोकमा मधेश प्रदेश ०३–००१ ज ०२९७ नम्बरको गाडी र प्र.२–०४–००१ प १३२७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गौशाला नगरपालिका–९ बस्ने ३० वर्षीय मिनेषकुमार कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Saturday, 2023 April 8, 5:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया